सुकुमबासी विस्थापनमा सरकारप्रति पोखरेलको असन्तुष्टि


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन नगरी हटाउने सरकारी कदमप्रति आपत्ति जनाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत विस्थापित नागरिकको अवस्था संवेदनशील बन्दै गएको भन्दै सरकारलाई पुनर्स्थापना र सुरक्षित आवासको व्यवस्था गर्न आग्रह गरेका छन्। नागरिकलाई घरबारविहीन बनाएर होल्डिङ सेन्टरसमेत व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोरी भएको उनको भनाइ छ।

पोखरेलले कानुनी राज्यको मर्यादा कायम राख्न नागरिकलाई त्रास र पीडा होइन, सुरक्षित बाँच्ने आधार दिनुपर्ने बताएका छन्। उनले समयमै उचित व्यवस्थापन नगरे अवस्था थप जटिल बन्न सक्ने चेतावनीसमेत दिएका छन्।

२०८३ असार २७, शनिबार १०:५० प्रकाशित
ट्रेन्डिङ समाचार