काठमाडौं । बागमती नदीमा आएको बाढीका कारण कीर्तिपुर नगरपालिका–१० को सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ।
शुक्रबार राति भएको डुबानपछि संयुक्त सुरक्षा टोलीले सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित स्थानान्तरण गरेको छ। अन्य प्रभावितमध्ये केही आफन्तको घरमा आश्रय लिएका छन् भने केही सेन्टर आसपासमै रहेका छन्।
लगातारको वर्षाका कारण नदीको जलस्तर बढेसँगै शनिबार बिहानसम्म पनि होल्डिङ सेन्टर जलमग्न रहेको छ।
२०८३ असार २७, शनिबार ०७:५९ प्रकाशित



