काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूले आफ्नो मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। आयोगका अध्यक्ष तपबहादुर मगरका अनुसार विस्थापनपछि होल्डिङ सेन्टरमा राखिएको अवस्थाबारे पनि गुनासो आएको छ।
उनले सुकुमवासी हटाउनुअघि उचित व्यवस्थापन गर्नुपर्ने आयोगको पुरानो सिफारिस कार्यान्वयन नभएको उल्लेख गरे। आयोग सदस्य मिहिर ठाकुरले पनि आयोगका सिफारिस कार्यान्वयन नहुँदा समस्या झन् बढेको बताएका छन्।