प्रधानमन्त्री बालेनले आज निजी क्षेत्रसँग छलफल गर्दै


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पहिलो पटक निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ११ बजे हुने छलफलमा निजी क्षेत्रका समस्या र सुझावबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलका लागि नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका प्रतिनिधिलाई बोलाइएको छ। प्रधानमन्त्री शाह नियुक्त भएपछि उद्योगी–व्यवसायीले भेट्न खोजे पनि यसअघि समय पाउन सकेका थिएनन्।

२०८३ असार २४, बुधबार १०:३८ प्रकाशित
ट्रेन्डिङ समाचार