दर्ताविहीन स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको आग्रह


काठमाडौं   ।  नेपाल मेडिकल काउन्सिलले दर्ता वा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको तत्काल पहिचान गरी बन्द गर्न तथा कानुनअनुसार कारबाही अघि बढाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले सम्बन्धित निकायलाई पत्राचार गर्दै दर्ताविहीन तथा न्यूनतम मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थामाथि अनुगमन, सुधार निर्देशन र आवश्यक परे कारबाही गर्न अनुरोध गरेका छन्।

काउन्सिलले नागरिकको स्वास्थ्य अधिकार, बिरामीको सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न समन्वय र प्राविधिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।

२०८३ असार २४, बुधबार ०८:१० प्रकाशित
ट्रेन्डिङ समाचार