होल्डिङ सेन्टरबाट निस्किएका सुकुमवासी कोठा नपाएर अलपत्र


काठमाडौं । नगरकोट र बोडेका होल्डिङ सेन्टरबाट बाहिरिएका सुकुमवासीहरू कोठा नपाएपछि अलपत्र परेका छन्। सरकारले प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउँदै कोठा खोज्न निर्देशन दिएपछि उनीहरूलाई विभिन्न स्थानमा पुर्‍याइएको हो।

सुकुमवासीहरूले छोटो समयमै कोठा भेट्न नसकेको, कतिपय आफन्तकोमा आश्रय लिन बाध्य भएको तथा मासिक १५ हजार रुपैयाँ भाडा दिने सरकारी प्रतिबद्धताबारे अन्योल रहेको बताएका छन्। यता, बागमती सभ्यता समितिले भने आफूहरूले सुकुमवासीहरूलाई उनीहरूले रोजेको स्थानसम्म यातायातको व्यवस्था मिलाएको र अलपत्र नपारेको जनाएको छ।

२०८३ असार २३, मंगलवार ०७:१४ प्रकाशित
ट्रेन्डिङ समाचार