काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका सबै विभाग र क्याम्पसलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सरकारको सयबुँदे कार्यसूचीअनुसार उक्त निर्देशन जारी गरेको हो।
कार्यसूचीमा ६० दिनभित्र विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र विद्यार्थी काउन्सिल संयन्त्र विकास गर्ने व्यवस्था उल्लेख छ। यस निर्णयप्रति विभिन्न विद्यार्थी संगठनले असहमति जनाउँदै विरोध गर्दै आएका छन्।
२०८३ असार १५, सोमबार १९:१४ प्रकाशित

