इरान–इजिप्ट खेलमा १४ मिनेटभित्रै बराबरी, रोमाञ्चक सुरुआत


काठमाडौं । सिटल स्टेडियममा जारी फिफा विश्वकपअन्तर्गत इरान र इजिप्टबीचको खेलमा दुवै टोलीले छिट्टै गोल आदान–प्रदान गरेका छन्। इजिप्टले पाँचौं मिनेटमा महमुद साबेरको गोलमार्फत अग्रता लिएको थियो।

तर इरानले १४ औं मिनेटमा रमिन रजाइनको गोल गर्दै खेल बराबरी बनायो। यसअघि ११ औं मिनेटमा पाएको पेनाल्टीमा मेहदी तारेमी गोल गर्न चुकेका थिए। खेल सुरुबाटै तीव्र प्रतिस्पर्धात्मक बनेको छ।

२०८३ असार १३, शनिबार ०९:३० प्रकाशित
ट्रेन्डिङ समाचार