खैरो हेरोइनसहित दुई पक्राउ


काठमाडौं  ।  काठमाडौंमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले रामेछापका ४२ वर्षीय टेकबहादुर थापामगरलाई ६ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो।

सोही अनुसन्धानका क्रममा सिन्धुलीका २४ वर्षीय सन्तबहादुर बस्नेतलाई ललितपुरको बालकुमारीबाट ८० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ। दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०८३ असार १२, शुक्रबार ११:१५ प्रकाशित
ट्रेन्डिङ समाचार