काठमाडौं । आज देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी र मधेसका केही तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान छ।
साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावा चल्ने तथा तापक्रम बढ्ने सम्भावना रहेकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहँदै आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।