वीरगञ्ज भन्सारको ११ महिनामा रु २ खर्ब २१ अर्ब राजस्व सङ्कलन


काठमाडौं ।  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व सङ्कलन गरेको छ। यो कार्यालयले राखेको रु दुई खर्ब ४९ अर्ब १९ करोड लक्ष्यको ८९ प्रतिशत हो।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा राजस्व सङ्कलन नौ प्रतिशत अर्थात् रु १७ अर्ब ९७ करोडले बढेको छ। गत आवको ११ महिनामा रु दुई खर्ब तीन अर्ब ८१ करोड राजस्व सङ्कलन भएको थियो।

कार्यालयका अनुसार चालु आवको ११ महिनामा वीरगञ्ज नाका हुँदै रु आठ खर्ब ९० अर्ब सात करोड मूल्यका वस्तु आयात भएका छन् भने रु ९९ अर्ब ६६ करोड मूल्यका वस्तु निर्यात भएका छन्। गत आवको सोही अवधिमा आयात रु सात खर्ब ७० अर्ब र निर्यात रु ९६ अर्ब ७२ करोड रहेको थियो।

२०८३ असार ११, बिहीबार २०:४२ प्रकाशित
ट्रेन्डिङ समाचार