असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान


काठमाडौं । राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव २०८३ को अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत भई एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दही–चिउरा खाने परम्परा नेपाली संस्कृति, कृषि र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको बताए। उनले दही–चिउराको उपभोगले स्थानीय उत्पादनको प्रवर्द्धन, किसानको आयवृद्धि तथा दुग्ध क्षेत्रको विकासमा योगदान पुग्ने उल्लेख गरे।

उनका अनुसार असार १५ मा दही तथा दुग्धजन्य पदार्थको खपत उल्लेखनीय रूपमा बढ्ने भएकाले दूध उत्पादक किसान, दुग्ध सहकारी र उद्योगहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।

२०८३ असार ११, बिहीबार २०:०८ प्रकाशित
ट्रेन्डिङ समाचार