राष्ट्रपतिद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको छ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (९) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरिएको हो।

प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएको उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणित भएसँगै कार्यान्वयनको बाटो खुलेको छ।

२०८३ असार ११, बिहीबार १९:२१ प्रकाशित
ट्रेन्डिङ समाचार