काठमाडौँ । धितोपत्र बजारमा आज पनि गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.५० अङ्कले घटेर २,६५१.५२ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.६४ अङ्कले ओरालो लागेर ४५८.२३ बिन्दुमा सीमित भएको छ।
आज ३३८ कम्पनीका ६४ लाख ८० हजार ५९९ कित्ता शेयर २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको नेप्सेले जनाएको छ। कारोबार रकमका आधारमा सोपान फर्मासिटिकल्स अग्रस्थानमा रह्यो। टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले नाफा कमाउँदा भुजुङ हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त र भगवती हाइड्रोपावरका लगानीकर्ताले घाटा बेहोरेका छन्।