गोदावरी टेम्पो प्रकरण मिल्यो, वन कर्मचारी धरौटीमा रिहा


काठमाडौं  ।  कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनासम्बन्धी विवाद समाधान भएको छ। टेम्पो प्रयोगकर्ती धनादेवी धामीलाई वन कर्मचारीहरूले क्षतिपूर्ति स्वरूप पाँच लाख रुपैयाँ उपलब्ध गराएपछि दुवै पक्षबीच सहमति भएको हो।

घटनापछि प्रहरी हिरासतमा रहेका सवडिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा जिल्ला प्रशासन कार्यालयको आदेशमा जनही ७ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

भिरमा फालिएको टेम्पोको नामसारी नभएकाले सवारीधनीको रूपमा गरिमा विकास बैंकको नाम कायम रहेको पाइएको छ। उक्त घटनाले डिभिजन वन कार्यालय धनगढीको अतिक्रमण हटाउने अभियान विवादमा परेको छ।

२०८३ असार १०, बुधबार १४:५६ प्रकाशित
ट्रेन्डिङ समाचार