न्यूनतम ज्याला नदिए कडा कारबाही : डा. काफ्ले


काठमाडौं  । सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्ले ले न्यूनतम ज्याला भन्दा कम पारिश्रमिक दिनु कानुनविपरीत हुने बताउनुभयो। उहाँले श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकारले श्रम मापदण्ड र कार्ययोजना अनुसार काम गरिरहेको जानकारी दिनुभयो।

सचिव काफ्लेले श्रमिकले काम गरुन्जेल मात्र नभई श्रम गर्न नसक्ने अवस्थामा पुगेपछि पनि जीवन सुरक्षाको प्रत्याभूति पाउनुपर्ने सरकारको नीति रहेको उल्लेख गर्नुभयो। साथै, वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूको मानवअधिकार संरक्षणका लागि पनि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ।

२०८३ असार १०, बुधबार १४:४८ प्रकाशित
ट्रेन्डिङ समाचार