सुन फिर्ताको माग गर्दै राष्ट्रिय वाणिज्य बैंकमा प्रदर्शन


काठमाडौं  ।  काठमाडौंस्थित सिंहदरबारमा रहेको राष्ट्रिय वाणिज्य बैंक को केन्द्रीय कार्यालय अगाडि सुन धितो राखेर कर्जा लिएका सेवाग्राहीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले २०८२ भदौ २४ मा नयाँ बानेश्वर शाखाबाट चोरी भएको आफ्नो धितो सुन नै फिर्ता पाउनुपर्ने माग गरेका छन्।

प्रदर्शनकारीका अनुसार बैंकले सुनको सट्टा सेवा शुल्क कटाएर रकम फिर्ता लिन दबाब दिएको छ। जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वर शाखाबाट करिब १८ केजी सुन र ५ करोड रुपैयाँभन्दा बढी नगद लुटपाट भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी केही नगद र सुन बरामद गरेको जनाएको छ।

२०८३ असार ९, मंगलवार १९:५० प्रकाशित
ट्रेन्डिङ समाचार