नेप्से २६ अंकले घट्यो, कारोबार ४.३६ अर्बमा सीमित


काठमाडौँ  ।  धितोपत्र बजारमा नेप्से परिसूचक आज २६.१६ अंकले घटेर २,६७४.४८ मा झरेको छ। ठूला कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले घट्दै ४६१.४८ मा पुगेको छ।

आज कुल ३५३ कम्पनीका १ करोडभन्दा बढी कित्ता सेयर ४ अर्ब ३६ करोडभन्दा बढी रुपैयाँ बराबरमा कारोबार भए। तीमध्ये २२ कम्पनीको मात्र मूल्य बढ्दा २३९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनी स्थिर रहे।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो। अन्य सक्रिय कम्पनीहरूमा सोपान फर्मास्यूटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र बुङ्गल हाइड्रोपावर रहेका छन्।

आजको बजारमा टक्सार पिलुवा खोला हाइड्रोपावर लगायत केही कम्पनीका लगानीकर्ताले नाफा कमाए भने बुङ्गल हाइड्रो, अपोलो हाइड्रोपावर र अन्य केही जलविद्युत् कम्पनीका सेयरधनीले घाटा व्यहोरे।

२०८३ असार ९, मंगलवार १६:२३ प्रकाशित
ट्रेन्डिङ समाचार