रास्वपा महाधिवेशनमा विवाद स्वीकार, गुटबन्दी नगर्न सभापति लामिछानेको निर्देशन


काठमाडौं । भरतपुरमा सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै रवि लामिछानेले पार्टीभित्र महाधिवेशनका क्रममा केही विवाद र मनमुटाव रहेको स्वीकार गरेका छन्।

तर उनले कुनै पनि प्रकारको विवादलाई सडकमा नलैजान र आपसी मतभेदलाई पार्टीभित्रै समाधान गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विश्वास गरेर मत दिएका जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्ने भन्दै उनले गुटबन्दी नगर्न समेत सबैलाई आग्रह गरेका छन्।

२०८३ असार ९, मंगलवार १६:०२ प्रकाशित
ट्रेन्डिङ समाचार