काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
आज दिउँसो २ बजेदेखि सुरु हुने बन्दसत्र साँझ ६ः४५ बजे समापन हुनेछ। निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिनेछ भने महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नसकेका प्रवासका प्रतिनिधिले पार्टीको आफ्नै एपमार्फत मतदान गर्न सक्ने व्यवस्था गरिएको छ।
निर्वाचनका लागि ८० वटा विद्युतीय उपकरण प्रयोग गरिनेछन्। मतदानबाट एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गरिने निर्वाचन आयोगले जनाएको छ। साथै, कुनै उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।
२०८३ असार ९, मंगलवार १४:४९ प्रकाशित

