काठमाडौं । डिशहोम डिजिटल प्रा. लि. अन्तर्गत सञ्चालित डिगो ओटीटी नेपालको पहिलो ओटीटी प्रसारण लाइसेन्स प्राप्त प्लेटफर्म बनेको छ। कम्पनीले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागबाट ओटीटी प्रसारण सेवासम्बन्धी आवश्यक इजाजत प्राप्त गरेको जनाएको छ।
कम्पनीका अनुसार डिगो ओटीटीले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारसमेत प्राप्त गरी चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, प्रत्यक्ष प्रसारण तथा अन्य डिजिटल मनोरञ्जन सामग्रीलाई सुरक्षित र आधिकारिक रूपमा दर्शकमाझ पुर्याउँदै आएको छ।
डिशहोम डिजिटलले उक्त उपलब्धिले नेपाली ओटीटी उद्योगलाई अन्तर्राष्ट्रिय डिजिटल मनोरञ्जन बजारसँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत डिगो ओटीटीलाई विश्वस्तरीय नेपाली डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

