मुस्ताङबाट आयात भएका ईभी वैधानिक, रसुवामा गम्भीर अनियमितता पुष्टि


काठमाडौं ।  भन्सार विभागले मुस्ताङ र रसुवागढी नाकाबाट आयात भएका विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी छानबिनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार मुस्ताङ नाकाबाट आयात भएका ६४९ वटा ईभीले नियमानुसार भन्सार प्रक्रिया पूरा गरी नेपाल प्रवेश गरेको पुष्टि भएको छ।

तर रसुवागढी भन्सारमा भने सवारीसाधन भौतिक रूपमा नआइपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको गम्भीर अनियमितता फेला परेको विभागले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा तत्कालीन कार्यालय प्रमुखसहित १३ कर्मचारी निलम्बनमा परेका छन् भने सम्बन्धित आयातकर्ता कम्पनी र भन्सार एजेन्टमाथि पनि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

२०८३ असार ६, शनिबार २०:१६ प्रकाशित
ट्रेन्डिङ समाचार