मोरक्को शीर्षस्थानमा, स्कटल्यान्ड १–० ले पराजित


काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा इस्माइल साइबारीले दोस्रो मिनेटमै गरेको गोल निर्णायक बन्यो। ब्राहिम डियाजको पासमा साइबारीले गोल गरेका थिए।

यो जितसँगै मोरक्कोले दुई खेलबाट चार अंक जोड्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ। स्कटल्यान्ड तीन अंकसहित दोस्रो स्थानमा छ भने ब्राजिल एक अंकसहित तेस्रो र हाइटी अंकविहीन रहँदै चौथो स्थानमा रहेका छन्।

२०८३ असार ६, शनिबार ०८:१४ प्रकाशित
ट्रेन्डिङ समाचार