महिला रेफ्री टोलीले रच्यो विश्वकपमा इतिहास


काठमाडौं ।   अटलान्टामा सम्पन्न पुरुष विश्वकपअन्तर्गत चेक गणतन्त्र र दक्षिण अफ्रिकाबीचको खेलमा सम्पूर्ण अन-फिल्ड रेफ्री टोली महिलाको रहेर इतिहास रचेको छ। मुख्य रेफ्री टोरी पेन्सो तथा सहायक रेफ्री ब्रुक मेयो र क्याथ्रिन नेस्बिटले खेल सञ्चालन गर्दै विश्व फुटबलमा नयाँ कीर्तिमान स्थापित गरेका हुन्।

अमेरिकी रेफ्री टोरी पेन्सो पुरुष विश्वकपको खेल सञ्चालन गर्ने इतिहासकी दोस्रो महिला मुख्य रेफ्री बनेकी छन्। लामो अनुभव र उत्कृष्ट प्रदर्शनका आधारमा उनीहरूलाई यो जिम्मेवारी दिइएको थियो।

खेल १–१ को बराबरीमा सकिए पनि खेलपछिको मुख्य चर्चा महिला रेफ्री टोलीको ऐतिहासिक उपलब्धिमाथि केन्द्रित रह्यो। फुटबल विश्लेषकहरूले यसलाई प्रतिनिधित्वभन्दा पनि योग्यताको जितका रूपमा व्याख्या गरेका छन्।

२०८३ असार ६, शनिबार ०८:०७ प्रकाशित
ट्रेन्डिङ समाचार