आजै सार्वजनिक हुँदै कक्षा १२ को नतिजा


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज केही बेरमै सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनको अन्तिम प्रक्रिया जारी रहेको छ र बोर्ड सदस्यहरूको हस्ताक्षर पूरा भएपछि नतिजा सार्वजनिक गरिनेछ।

वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी भएका थिए। बोर्डले यस वर्ष परीक्षा सम्पन्न भएको करिब ३५ दिनमै नतिजा प्रकाशित गर्न लागेको हो, जुन विगतको तुलनामा निकै छिटो मानिएको छ। स्रोतका अनुसार यस वर्ष ६० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण हुने अनुमान गरिएको छ।

२०८३ असार ५, शुक्रबार ०८:५४ प्रकाशित
ट्रेन्डिङ समाचार