काठमाडौँ । घानाले फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ। समूह एल अन्तर्गत पानामाविरुद्ध भएको खेलमा कालेब यिरेन्कीले इन्जुरी टाइममा निर्णायक गोल गर्दै घानालाई १–० को जित दिलाए।
कडा प्रतिस्पर्धाबीच बराबरीतर्फ उन्मुख खेलको दोस्रो हाफको अतिरिक्त समयको पाँचौं मिनेटमा यिरेन्कीले गोल गरेका थिए। जितसँगै घानाले ३ अंक जोडेको छ र समूह चरणबाट अघि बढ्ने सम्भावना मजबुत बनाएको छ।
२०८३ असार ४, बिहीबार ०७:१६ प्रकाशित

