काठमाडौं । नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक अध्ययन प्रतिवेदनले दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थको व्यवस्थापन र उत्पादित वस्तुको बजार अभावलाई नेपालको औद्योगिक क्षेत्रका प्रमुख चुनौतीका रूपमा औँल्याएको छ।
प्रतिवेदन अनुसार पूँजी अभाव, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, जनशक्ति पलायन, कमजोर औद्योगिक पूर्वाधार तथा आयातित वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था पनि उद्योग क्षेत्रका मुख्य समस्या हुन्।
यद्यपि जलविद्युत् विस्तार, कृषि तथा जडीबुटीमा आधारित उद्योग, सूचना प्रविधि तथा आउटसोर्सिङ सेवाको विकास, न्यून ब्याजदर र सहज बैंकिङ पहुँचका कारण औद्योगिक क्षेत्रको विस्तारको सम्भावना रहेको राष्ट्र बैंकले जनाएको छ।
विभिन्न प्रदेशमा स्थानीय स्रोत, कृषि उत्पादन र पर्यटनसँग सम्बन्धित उद्योग विस्तार गरी उत्पादन, रोजगारी र निर्यात वृद्धि गर्न सकिने अध्ययनले उल्लेख गरेको छ।

