क्यानडा–बोस्निया खेल १–१ गोलको बराबरीमा


काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका छन्।

टोरन्टो स्टेडियममा सम्पन्न खेलमा बोस्नियाका जोभो लुकिचले २१औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ७९औँ मिनेटमा काइल लारिनले गोल फर्काउँदै क्यानडालाई बराबरीमा ल्याए।

त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल १–१ को बराबरीमा सकियो र दुवैले एक–एक अंक बाँडे। अब विश्वकपको अर्को खेलमा आयोजक अमेरिका र पाराग्वे आमनेसामने हुनेछन्।

२०८३ जेष्ठ ३०, शनिबार ०७:२१ प्रकाशित
ट्रेन्डिङ समाचार