सुधन गुरुङ प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग


काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद भरत खड्काले प्रतिवेदन बुझाएको एक साता बितिसक्दा पनि सार्वजनिक नगरिएको भन्दै सरकारसँग स्पष्टता माग गरे।

सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयर सम्बन्धमा प्रश्न उठेपछि सरकारले छानबिन समिति गठन गरेको थियो। समितिले प्रतिवेदन बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन। प्रतिवेदन नआउँदै गुरुङ पुनः गृहमन्त्री नियुक्त भएपछि प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग थप चर्किएको छ।

२०८३ जेष्ठ २९, शुक्रबार १३:१० प्रकाशित
ट्रेन्डिङ समाचार