गोदावरी नदीमा बाढी: एकको शव फेला, एक अझै बेपत्ता


काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा शुक्रबार बिहान आएको बाढीले दुई महिलालाई बगाउँदा एक जनाको शव फेला परेको छ भने अर्की महिला अझै बेपत्ता रहेकी छन्। गोदावरी–४ की ५५ वर्षीया महेश्वरी धमलाको शव आर्यघाट नजिक भेटिएको प्रहरीले जनाएको छ।

४० वर्षीया कल्पना साउदको खोजी कार्य जारी छ। प्रारम्भिक विवरण अनुसार दुवै जना बिहान च्याउ टिप्न जंगलतर्फ जाँदै गर्दा अचानक आएको बाढीमा परेका थिए।

२०८३ जेष्ठ २९, शुक्रबार ०९:१५ प्रकाशित
ट्रेन्डिङ समाचार