प्रश्न उठाउने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनी


काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आलोचना गर्ने सांसदहरूलाई चेतावनी दिएका छन्। करका दर हेरफेर र आर्थिक विधेयक संशोधनबारे उठेका प्रश्नको जवाफ दिँदै उनले विपक्षी सांसदहरूको नैतिकता र विगतका गतिविधिबारे समेत संकेत गरेका हुन्।

अर्थमन्त्री वाग्लेले बजेटपछिको आर्थिक विधेयकमा केही संशोधन गरिएको स्वीकार गरे पनि यस्ता अभ्यास विगतका सरकारहरूमा पनि भएको दाबी गरे। उनले संशोधनलाई मानवीय त्रुटि सच्याउने प्रक्रिया भएको बताए।

छलफलका क्रममा उनले ‘दुई रुपैयाँ पनि बेइमानी प्रमाणित भए मन्त्री पद मात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार छु’ भन्दै आफ्नो नैतिक अडान दोहोर्‍याए। साथै, प्रश्न उठाउने सांसदहरूले पनि त्यस्तै नैतिक साहस देखाउनुपर्ने टिप्पणी गरे।

मन्त्रालयको कमजोरीबारे समाचार लेख्ने केही सञ्चारमाध्यमप्रति पनि उनले असन्तुष्टि जनाएका थिए। बजेटमाथि आलोचना गर्नेहरूलाई लक्षित गर्दै वाग्लेले आफ्नो सरकार जनताले अनुमोदन गरेको एजेन्डाअनुसार अघि बढ्ने बताएका छन्।

२०८३ जेष्ठ २९, शुक्रबार ०७:४२ प्रकाशित
ट्रेन्डिङ समाचार