काठमाडौं । दीपक भट्टसहित ४ जनाविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर गरिएको छ। सरकारी वकिलको कार्यालयले बिहीबार दीपक भट्ट, शंकरलाल अग्रवाल, शुलभ अग्रवाल र साहिल अग्रवालविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
मुद्दामा ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबी गर्दै ८ वर्षसम्म कैद सजायको माग गरिएको छ। यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।
यसैबीच, दीपक भट्ट र साहिल अग्रवालसहित ३९ जनाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी छुट्टै मुद्दा पनि दायर गरिएको छ। उक्त मुद्दामा २२ अर्ब ३९ करोड रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।
२०८३ जेष्ठ २८, बिहीबार १९:३३ प्रकाशित

