अमेरिका–इरान तनाव चुलियो, दुवै पक्षबाट आक्रमण तीव्र


काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव थप बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘कडा प्रहार’ गर्ने चेतावनी दिएपछि अमेरिकाले लगातार दोस्रो दिन हवाई आक्रमण गरेको जनाएको छ। जवाफमा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य बेसहरूमा आक्रमण गरेको दाबी गरेको छ। पछिल्ला आक्रमणहरूले अप्रिलमा भएको कमजोर युद्धविरामलाई गम्भीर संकटमा पारेको छ। इरानले स्ट्रेट अफ होर्मुज क्षेत्रमा तेल ट्याङ्करहरूलाई निशाना बनाएको र जलमार्ग बन्द गरेको दाबी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गरेको छ। तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब २ प्रतिशतले बढेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व गम्भीर संकटतर्फ उन्मुख भएको भन्दै सबै पक्षलाई कूटनीतिक समाधान खोज्न आग्रह गरेका छन्।

२०८३ जेष्ठ २८, बिहीबार ११:२६ प्रकाशित
ट्रेन्डिङ समाचार