शाहीद्वारा बजेट विवादमा संसदीय छानबिनको माग


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बजेट निर्माण प्रक्रिया, करका दर हेरफेर तथा सम्भावित राजस्व नोक्सानीबारे निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कुनै गल्ती नभएको भए छानबिन समिति गठन गर्न सहयोग गर्न आग्रह गरेका छन्। उनले सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्।

शाहीले बजेटसम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर र राज्यलाई अर्बौं रुपैयाँ नोक्सानी पुगेको आशंकाबारे संसद् र संसदीय समितिमार्फत सहयोग गर्न आफूहरू तयार रहेको उल्लेख गरेका छन्।

अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा रहेका केही त्रुटि सच्याउन संसद् सचिवालयमा पत्र पठाएको विषयलाई लिएर पनि प्रश्न उठ्दै आएको छ।

२०८३ जेष्ठ २७, बुधबार १५:२५ प्रकाशित
ट्रेन्डिङ समाचार