काठमाडौँ । सर्लाहीको कविलासी नगरपालिका–१० सलेमपुरमा सवारी दुर्घटनापछि उत्पन्न विवादका क्रममा प्रहरीमाथि आक्रमण भएको घटनामा मधेस प्रदेशका पूर्वप्रदेश सांसद अशोककुमार यादव जोडिएका छन्। प्रहरीले उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।
जेठ २५ गते राति यादवको स्वामित्वमा रहेको ट्याक्टरले रोकेर राखिएको ट्रकलाई ठक्कर दिएपछि विवाद भएको थियो। घटनास्थलमा पुगेका यादव र उनीसँगै आएका व्यक्तिहरूले प्रहरीमाथि दुर्व्यवहार तथा आक्रमण गरी ट्याक्टर भगाएको आरोप छ।
घटनामा संलग्न भएको आरोपमा यादवका भतिज विक्रमकुमार यादव र भाञ्जा भारतीय नागरिक प्रियाङ्शु यादव पक्राउ परेका छन्। पूर्वसांसद यादवलाई पक्राउ गर्न प्रहरीले खोजी जारी राखेको जनाएको छ।
२०८३ जेष्ठ २७, बुधबार १५:१८ प्रकाशित

