सूचनाको हक र प्रेस स्वतन्त्रताका लागि धर्ना


काठमाडौँ  । नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाले सूचना तथा विज्ञापनसम्बन्धी सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै सडक विभाग अगाडि धर्ना दिएको छ।

महासङ्घले प्रेसको संवैधानिक हकको रक्षा, निर्बाध सूचना प्रवाहको सुनिश्चितता तथा संविधान संशोधनका लागि संसदबाट सर्वपक्षीय कार्यदल गठन गर्न माग गरेको जनाएको छ। धर्नामार्फत प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकार सुरक्षित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

२०८३ जेष्ठ २७, बुधबार १२:२८ प्रकाशित
ट्रेन्डिङ समाचार