काठमाडौं । इरान र इजरायलले प्रत्यक्ष सैन्य आक्रमण अस्थायी रूपमा रोके पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि दुवै देशले सैन्य कारबाही रोक्ने घोषणा गरेका हुन्। तर आवश्यक परे पुनः आक्रमण गर्न सकिने चेतावनी दिएकाले लगानीकर्ताहरू पूर्ण रूपमा आश्वस्त हुन सकेका छैनन्।
विश्लेषकहरूले युद्धविराम दीर्घकालीन हुनेमा बजार विश्वस्त नरहेकाले तेल बजारमा उतारचढाव जारी रहने बताएका छन्।