सशस्त्र प्रहरी मुख्यालयमा भीषण आगलागी, दमकल परिचालन


काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल को हल्चोकस्थित मुख्यालयमा बुधबार साँझ भीषण आगलागी भएको छ।

प्रहरीका अनुसार मुख्यालयभित्र रहेको किचन क्षेत्रमा आगो लागेको हो। आगलागी भएपछि उक्त क्षेत्रमा त्रास फैलिएको छ भने आगो नियन्त्रणमा लिन दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।

अहिले आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।

घटनाबाट भएको क्षतिको विवरण पनि आउन बाँकी छ। प्रहरीले आगलागीको कारण र क्षतिबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

२०८३ जेष्ठ २०, बुधबार २२:११ प्रकाशित
ट्रेन्डिङ समाचार