३३ एसएसपीको सरुवा, काठमाडौं–ललितपुरका प्रहरी प्रमुख फेरिए(सूचीसहित)


काठमाडौं । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ। सरुवा निर्णयअनुसार काठमाडौं र ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुखसमेत परिवर्तन भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा दिलिप घिमिरेलाई ल्याइएको छ भने हालका प्रमुख रमेश थापालाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ। त्यसैगरी, जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा तुलबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ भने होबिन्द्र बोगटीलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा पठाइएको छ।

सरुवा सूचीअनुसार सुवासचन्द्र बोहरा लागुऔषध नियन्त्रण ब्यूरोको प्रमुख बनेका छन्। साथै विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र, साइबर ब्यूरो, मानव बेचबिखन अनुसन्धान ब्यूरो तथा प्रदेश प्रहरी कार्यालयहरूमा पनि एसएसपीहरूको जिम्मेवारी हेरफेर गरिएको छ।

नेपाल प्रहरीको संगठनात्मक व्यवस्थापन र कार्यसम्पादनलाई प्रभावकारी बनाउन सरुवा गरिएको बताइएको छ।

२०८३ जेष्ठ १८, सोमबार २१:१४ प्रकाशित
ट्रेन्डिङ समाचार