सरकारले २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक, पूर्वाधार र सामाजिक क्षेत्रमा उच्च प्राथमिकता


काठमाडौं  । सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा हिजो प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ ५९.८ प्रतिशत, पुँजीगततर्फ रु ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ रु ४ खर्ब २२ अर्ब ६४ करोड विनियोजन गरिएको छ।

बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पूर्वपश्चिम राजमार्ग, तराई–मधेस द्रुतमार्ग, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग लगायत सडक परियोजनाका लागि ठूलो रकम छुट्याइएको छ। ऊर्जा, सिँचाइ, खानेपानी, सहरी विकास तथा हरियाली प्रवर्द्धनजस्ता क्षेत्रमा पनि उल्लेख्य बजेट विनियोजन गरिएको छ।

शिक्षा क्षेत्रमा रु २१८ अर्ब ३० करोड, स्वास्थ्यमा रु १०१ अर्ब ९५ करोड, सामाजिक सुरक्षामा रु १२० अर्ब र कृषि तथा पशुपन्छी विकासमा रु ४६ अर्ब ९२ करोड छुट्याइएको छ। सरकारले उत्पादनमुखी अर्थतन्त्र, रोजगारी सिर्जना र आधारभूत सेवामा पहुँच विस्तारलाई बजेटको मुख्य लक्ष्यका रूपमा अघि सारेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार