काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १९औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सुशासन, विकास र समृद्धि हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
उनले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, समावेशी विकास र आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न सबैको साझा प्रयास आवश्यक हुने उल्लेख गरे। साथै, गणतन्त्र स्थापनाका लागि बलिदान दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा सहभागी नेता तथा नागरिकको योगदानको उच्च सम्मान गरेका छन्।
राष्ट्रपतिले राष्ट्रिय एकता, सहकार्य र जनउत्तरदायी शासनलाई सुदृढ गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढ्न सबैमा आह्वान गरेका छन्।
२०८३ जेष्ठ १५, शुक्रबार ०९:४५ प्रकाशित


