देशभर बदली र वर्षाको सम्भावना, पश्चिममा ‘लू’को जोखिम


काठमाडौ  ।  नेपालमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा मौसम बदली भएको छ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ।

 

यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी र ‘लू’ चल्ने जोखिम बढेकाले सतर्क रहन आग्रह गरिएको छ।

२०८३ जेष्ठ ११, सोमबार ०७:४० प्रकाशित
ट्रेन्डिङ समाचार