बस यात्रामा लगेज सुरक्षाका लागि ट्याग प्रणाली लागू हुँदै
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट चल्ने लामो दूरीका सार्वजनिक बसमा यात्रुको लगेज सुरक्षित बनाउन ट्याग प्रणाली लागू गरिने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच भएको सम्झौताअनुसार जेठ १५ गतेदेखि यो व्यवस्था सुरु हुनेछ ।
नयाँ प्रणालीअनुसार यात्रुको झोलामा नम्बर वा कोडसहितको ट्याग लगाइनेछ र सोही नम्बर यात्रुलाई पनि दिइनेछ । गन्तव्यमा पुगेपछि ट्याग मिलाएपछि मात्र सामान फिर्ता गरिने व्यवस्था मिलाइनेछ ।
यो प्रणालीले लगेज हराउने, साटिने तथा चोरी हुने समस्या कम गर्ने र सार्वजनिक यातायातलाई थप सुरक्षित तथा व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।