तारकेश्वरमा किशोरमाथि चक्कु प्रहार, एक जना पक्राउ


 काठमाडौँ  ।  काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित शेषमति सिद्धार्थ मोडेल स्कुल नजिकै एक किशोरमाथि चक्कु प्रहार भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गोरखाका १८ वर्षीय उज्ज्वल मगरलाई ललितपुरबाट पक्राउ गरिएको हो।

वैशाख ४ गते उनीसहित ४–५ जनाले खोटाङका १९ वर्षीय नवराज गिरीमाथि आक्रमण गरेको आरोप छ। पक्राउ परेका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दामा अनुसन्धान भइरहेको छ भने अन्य संलग्नहरूको खोजी जारी छ।

२०८३ जेष्ठ ८, शुक्रबार १०:४४ प्रकाशित
ट्रेन्डिङ समाचार