काठमाडौं । भारतको बेंगलुरुबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको एक विमानको इन्जिनमा आगलागी भएपछि दिल्ली विमानस्थलमा आपतकालीन अवतरण गराइएको छ। अवतरणको अन्तिम चरणमा ककपिट चालक दलले इन्जिनमा आगलागी भएको संकेत पाएपछि सुरक्षा प्रक्रिया अपनाउँदै विमानलाई सुरक्षित रूपमा अवतरण गराइएको थियो।
विमानमा रहेका १६० यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेका छन्। घटनापछि विमानस्थलमा केही समय उच्च सतर्कता अपनाइएको थियो भने घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको एयर इन्डियाले जनाएको छ।
२०८३ जेष्ठ ८, शुक्रबार ०९:०१ प्रकाशित


