पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै ,देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले आज देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो र राति कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षा हुन सक्छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना पनि रहेको छ।

२०८३ जेष्ठ ५, मंगलवार ०६:४८ प्रकाशित
ट्रेन्डिङ समाचार