काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । आज दिउँसो सिंहदरबारमा रहेकाे मन्त्रालयमा पुगेर उहाँले पदभार सम्हाल्नुभएको हो ।
पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गर्नुभएको छ । घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गर्नुभएको थियो । तर तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।
विगत एक दशकयता सधैँ चर्चाको शिखरमा रहनुभएका कुलमान घिसिङले ऊर्जामन्त्रीको जिम्मेवारी पाउनुभएकाे छ । झन्डै आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाल ’लोडशेडिङमुक्त’ भएकाे घोषणा गरिएकाे थियो ।
२०८२ भाद्र ३०, सोमबार १५:३१ प्रकाशित


