काठमाडौं। नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको छ ।
प्राधिकरणले सूचना निकालेर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको हो । बीमितहरूले बीमालेखको सर्तबमोजिम दाबी भुक्तानी पाइने कानुनी व्यवस्था भएकोले आवश्यक कागजातसहित सम्बन्धित बीमा कम्पनीमा बीमा दाबी गर्न प्राधिकरणले आग्रह गरेको छ ।

२०८२ भाद्र ३०, सोमबार १३:१२ प्रकाशित


