नापी कार्यालय कलंकीका सहयोगी अख्तियारको फन्दामा


काठमाडौं । नापी कार्यालय काठमाडौँ, कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर घुस रकमसहित पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका-१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाइदिने भन्दै सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले कुँवरलाई नियन्त्रणमा लिएको हो।

अख्तियारले कलंकी नापी कार्यालयका प्रमुखको २ थान मोबाइल, सर्भेक्षकको एक थान र कार्यालय सहयोगी कुँवरले घुसवापत लिएको १३ हजार रुपैयाँका साथै उनको १ थान मोबाइल नियन्त्रणमा लिइएको जनाएको छ।

अख्तियारले थप अनुसन्धान जारी रहेको बताएको छ।

२०८२ श्रावण २६, सोमबार २०:०६ प्रकाशित
ट्रेन्डिङ समाचार