काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र केहि सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । जस अनुसार पर्सा, रामेछाप, दैलेख, महोत्तरी, प्यूठान र सिन्धुली गरी ६ जिल्लामा नयाँ सिडिओ पठाइएको छ । यसैगरी अध्यागमन विभागको महानिर्देशकमा सहसचिव शशीधर घिमिरेलाई ल्याइएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ । तिवारीले विभागमा १६ महिना रहदा सुधारका व्यापक अभियान थालेका थिए । उनको अवधि पुगकाले सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साका सिडिओ भोला दाहाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।
सिडिओ को कहा ?
एकदेव अधिकारी : पर्सा
गिता कुमारी होमेगाई : रामेछाप
वीरेन्द्रकुमार मिश्र :दैलख
विमल प्रसाल बराल :महोेत्तरी
शिव प्रसाद रेग्मी : प्यूठान
दिपक लामिछाने : सिन्धुली





प्रतिक्रिया